बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सामाजिक सुरक्षा र जीविकोपार्जनको अभ्यास तथा प्रभाव विषयक कार्यशाला

सामाजिक सुरक्षा र जीविकोपार्जनको अभ्यास तथा प्रभाव विषयक कार्यशाला


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८१, शुक्रबार

पोखरा/शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको छ ।
वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशिला नेपालीले जानकारी दिइन । कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका वडा नं २८ कृषि, पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना बोकेको बताउँदै यहाँको सम्भावनालाई उजागर गर्ने किसिमका कार्यक्रममा जोड दिनुुपर्ने बताए ।
प्राकृतिक स्रोतको दीगो प्रयोग, वन र जमिनको प्रवद्र्धनका साथै बजार पहुँचमा सुुधार गर्नुुपर्नेमा जोड दिदै उनले पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्नुु जरुरी भएको धारणा राखे । पर्यटकीय रुपमा यहाँका ठूलाकोट, वलीडाँडा, चुत्राको डाँडा, चिन्तेको डाँडाहुँदै रोयल ट्रेकलाई प्रवद्र्धन गर्दै यिनीहरूको पर्यटकीय उपयोग गरी स्थानीयको आयआर्जन बढाउन सकिने उनको थियो ।
पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामछानेले वडा भित्रका हरेक सम्भावनालाई उजागर गर्ने गरी लागिएको बताए । पछिल्लो समयमा कृषि पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएको चर्चा गर्दै उनले स्थानीय जागरुकता अभिबृद्धिका लागि यस्ता किसिमका कार्यक्रम महत्वपूर्ण बन्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->