मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलकोटका शिवप्रसाद पाण्डेको कथाकृति ‘प्रच्छन्न इन्द्रिय’ सार्वजानिक

गलकोटका शिवप्रसाद पाण्डेको कथाकृति ‘प्रच्छन्न इन्द्रिय’ सार्वजानिक


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८१, बिहिबार

बागलुङ / गलकोटका पूर्व शिक्षक तथा लेखक शिवप्रसाद पाण्डेले आफ्नो पहिलो पुस्तक ‘प्रच्छन्न इन्द्रिय’ बजारमा ल्याएका छन् । कथाकृति प्रच्छन्न इन्द्रियको वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक शिवप्रसाद पाण्डेले एक कार्यक्रमका विच संयुक्तरुपमा सार्वजानिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार डा. रवीन्द्र समीरले ६८ वर्षको उमेरमा पहिलो कथासंग्रह निकालेर लेखकले सबैलाई प्रेरणा दिएको बताउँदै हरेक कथामा लेखकले आफुले सुनेको, देखेको, भोगेको तथा अध्ययन गरेको बिषयलाई जनजीब्रोको भाषामा लेखेको बताए ।

समीक्षक ज्ञानु अधिकारीले शिवप्रसाद पाण्डेका कथामा अर्गानिक स्वाद रहेको तथा व्यंगात्मक चेत उत्कृष्ट रहेको बताइन । कथाकार शिवप्रसाद पाण्डेले प्रच्छन्न इन्द्रियको दार्शनिकता र लेखनको भावभूमिबारे प्रकाश पार्दै आफ्नो समय र अनुभव अनुसारको समाज कथ्यका रुपमा कथा प्रस्तुत गरेको बताए । उनले हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको सुनाए । ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->