पोखरा/शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका सम्पादक प्रकाश अधिकारी, प्रमुख खबर डट कमका सह–सम्पादक संजय थापा र रेडियो अकलाका स्टेशन म्यानेजर विराज शर्मासहित पुर्व अध्यक्ष कुल बहादुर खत्री र मानार्थ सदस्य मदन बहादुर खत्री क्षत्रीलाई सम्मान गरेको हो ।
उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष हरिवहादुर बरुवाल, संरक्षक प्राध्यापक कुञ्जराज थापा र साहित्यकार नरहरि भट्टराईले सम्मान गरे ।
कार्यक्रममा प्रतिष्ठानले गत वर्ष आयोजना गरेको २४ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको आय व्यय समेत सार्वजनिक गर्यो । उक्त प्रतियोगितावाट ६ लाख बढी रकम वचत भएको सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष हरिवहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्य, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले नेपाली भाषा, साहित्य र कलाको उत्थानमा प्रतिष्ठानले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पुर्व अध्यक्ष नेत्र बहादुर बाँनिया, कुल बहादुर खत्री, सुमन पौडेल, वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेत, कवि रामप्रसाद घर्मेली, सचिव दिपेन्द्र बाँनिया, मोहन सुनार लगायतले रचना वाचन समेत गरेका थिए । वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दिपेन्द्र बाँनियाले गरेका थिए ।





