शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सर्जक पुर्जाको ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

सर्जक पुर्जाको ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०८१, बुधबार

पोखरा/सर्जक तिलक प्रसाद पुन पुर्जाको चौथोँ कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार लोकार्पण गर ।
पुस्तकको लोकार्पण गर्दै नगर प्रमुख आचार्यले पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका कला, साहित्य र सँस्कतिको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा उल्लेख गरे । लेख तथा रचनामार्फत वातावरणप्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले बताए ।
४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तकमाथि प्रेस स्वतन्त्रता सेनानी बद्रिबिनोद प्रतिकले टिप्पणीसहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राखेका थिए । समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रुद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा चर्चा गरेका थिए । यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्ती भित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->