पोखरा/ पर्वत जिल्ला सदरमुकाम रहेको कुश्मा नगरपालिकाको आफ्नै प्रशासकीय भवन बन्ने भएको छ । १३ करोड ८४ लाख रूपैयाँमा निर्माण हुने सुबिधा सम्पन्न भवनको विहीबार नगरप्रमुख रामचन्द्र जोशीले शिलन्यास गरे ।
भवन ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माण पश्चात नगरबाट हुने कार्य संचालन, सम्पादन र व्यवस्थापनमा सहजता प्रदान हुने नगरप्रमुख जोशीले विश्वास लिए । भवन निर्माणका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्वतबाट जग्गा प्राप्तिका लागि सहयोग भएको थियो ।





