बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ

पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ


  • संजय रेग्मी
  • पुष ३ २०८१, बुधबार

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले दुई दिनको अवधिमा १४ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पुस एक र दुई गते मात्रै विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि पर्वत जिल्ला अदालतमा पेस गरिएको हो ।
पक्राउ परेकाहरूमा केही सार्वजनिक अपराधमा जलजला गाउँपालिका–६ का कृष्णबहादुर परियार, फलेवास नगरपालिका–२ का सरोज परियार, पैयुँ गाउँपालिका–६ का शिवलाल गिरी, बिहादी गाउँपालिका–३ कुल बहादुर कुमार, मोदी गाउँपालिका–४ का देव बहादुर पुन, जलजला गाउँपालिका–२ का नगेन्द्र बोहरा र फलेवास नगरपालिका–३ का प्रकाश सुनार रहेका छन् ।
यस्तै चेक अनादर मुद्दामा रसुवाको उत्तरगंगाका मङ्गले तामाङ, धादिङको नीलकण्ठका खेमलाल बराइली, पर्वतको मोदी गाउँपालिका–५ की लक्ष्मी कुमारी शर्मा, कुश्मा नगरपालिका–६ का सूर्यबहादुर थापा, कुश्मा नगरपालिका–११ की गीता कुमारी शर्मा पक्राउ परेका छन् । यस्तै कृते नागरिकतामा कुश्मा नगरपालिका–१ का मन बहादुर खड्का थोकी र भ्रष्टाचारमा महाशिला गाउँपालिका–२ की गीतादेवी गुरुङ पनि पक्राउ परेका छन् ।
अदालतबाट कैद तथा जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासपछि पक्राउ गरी फैसला कार्यान्वयनको लागि पर्वत जिल्ला अदालतमा पेस गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->