बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नाग्लिवाङमा निशुल्क स्वास्थ्य शिविर, ४ सय लाभान्वित

नाग्लिवाङमा निशुल्क स्वास्थ्य शिविर, ४ सय लाभान्वित


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८१, शनिबार

बागलुङ/पर्वतको जलजला गाउँपालिका ८ नाग्लिवाङमा नाग्लिवाङ सेवा समाज काठमाडौँले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ४ सय जना बिरामी लाभान्वित भएका छन् ।
समाजको आयोजना र नाग्लिवाङस्थित स्वास्थ्य चौकी संयोजन र रिजनल अस्पताल प्रा.लि. पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
समाजका संस्थापक अध्यक्ष गजेन्द्र केसीले नाग्लिवाङबाट काठमाडौँ गएर बसेकाले स्थापना गरेको संस्थाले जन्मगाउँमा ७ वर्षदेखि सामाजिक कार्यमा सहकार्य गर्दै आएको बताए ।
शिविरमा मुटुरोग, महिला तथा प्रसुति रोग, रगत जाँचसंगै निशुल्क औषधि वितरण गरिएको थियो । शिविरका लागि नाग्लिवाङबाट अमेरिका गएका नागरिकबाट सहयोग प्राप्त सामाजका अध्यक्ष भोज बहादुर केसीले जानकारी दिए । वडा अध्यक्ष हरि विकास जिसीले यस्ता कार्यक्रमले वडामा रहेका नागरिकलाई स्वास्थ्य जाँचमा सहज हुने बताए । शिविरमा वडामा रहेका विभिन्न सघंसंस्था र क्लबले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->