बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङ ट्राफिकद्वारा झन्डै ५६ लाख राजश्व संकलन

बागलुङ ट्राफिकद्वारा झन्डै ५६ लाख राजश्व संकलन


  • संजय रेग्मी
  • पुष ८ २०८१, सोमबार

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८१÷०८२ को पाँच महिनामा झन्डै ५६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा कुल ५५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो । उनका अनुसार साउनमा आठ लाख ४१ हजार, भदौमा नौ लाख ६६ हजार, असोजमा नौ लाख ५८ हजार, कार्तिकमा १४ लाख सात हजार र मङ्सिरमा १४ लाख २७ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ ।
पाँच महिनाको अवधिमा चार सय ४३ वटा ट्रक तथा टिप्परलाई गरिएको कारबाहीबाट तीन लाख ४० हजार पाँच सय, तीन सय ६५ वटा बसबाट दुई लाख ८६ हजार पाँच सय, दुई हजार आठ सय ६३ वटा कार तथा जिपबाट २३ लाख २१ हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै तीन सय ९१ वटा ट्र्याकटरलाई कारबाही गर्दा दुई लाख ७२ हजार, दुई हजार छ सय ३८ वटा मोटरसाइकल तथा स्कुटरमाथि गरिएको कारबाहीबाट २३ लाख २७ हजार तथा ६९ वटा अन्य सवारीहरूमाथि गरिएको कारबाहीबाट ५१ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको प्रहरी नायव निरीक्षक निउरेले बताए ।
पाँच महिनाको अवधिमा जिल्लामा भएको विभिन्न दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । भदौमा तीन जनाको मृत्यु र एक जना घाइते, कार्तिकमा सात जनाको मृत्यु र दुई जना घाइते तथा मङ्सिरमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->