बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फेरि उहीं ठाउँमा मृत भेटियो चितुवाको बच्चा

फेरि उहीं ठाउँमा मृत भेटियो चितुवाको बच्चा


  • संजय रेग्मी
  • पुष १३ २०८१, शनिबार

पर्वत/जिल्लामा मृत अवस्थामा चितुवाहरू फेला पार्ने क्रमकाबीच २०७९ चैत २९ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित दोबिल्ला–फलेवास सडक खण्ड चितुवाको बच्चा मृत अवस्थामा फेला प¥यो । गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै जिल्लका विभिन्न सात स्थानहरूबाट मृत चितुवाहरूको उद्धार गरियो ।
यसरी चितुवा मृत भेटिने क्रम बढ्दै गइरहेको बेलामा दुई वर्ष अगाडि चितुवा मृत भेटिएको नगरपालिका–९ कटुवाचौपारीस्थित दोबिल्ला–फलेवास सडक खण्डमा शुक्रवार फेरि चितुवाको अर्को बच्चा पनि मृत अवस्थामा फेला परेको छ ।
बिहान करिब नौ बजेको समयमा आफू विद्यालयतर्फ जाँदै गरेको अवस्थामा फलेवास नगरपालिका –४, मुडिकुवा रुग्दीको बिरौटामा उक्त चितुवा कानबाट रगत बगेको अवस्थामा मृत भेटिएको स्थानी शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद सापकोटाले जानकारी दिए ।
दुई वर्ष अगाडि चितुवा मृत भेटिएको मल्याङ्दी खोलाको पुलबाट केही मिटर पश्चिमतर्फ सडकमा नै लडिरहेको अवस्थामा चितुवा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले मृत चितुवालाई डिभिजन वन कार्यालय पर्वतले लगेको र उसैले व्यवस्थापन गर्ने बताए ।
पक्की सडकमा नै कानबाट रगत बगेको अवस्थामा भेटिएकोले सवारीको ठक्करबाट नै उक्त चितुवाको मृत्यु भएको अनुमान गरिएको शिक्षक सापकोटाले बताए । डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत झ्याम नारायण सापकोटाले पनि पनि सवारीको ठक्करबाट मृत्यु भएको जस्तो देखिएकोले बन क्षेत्रमा सवारी चलाउँदा सावधानी अपनाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->