बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा धान उत्पादन क्षेत्रफल घटे पनि बढ्यो उत्पादन

पर्वतमा धान उत्पादन क्षेत्रफल घटे पनि बढ्यो उत्पादन


  • संजय रेग्मी
  • पुष २१ २०८१, आइतबार

पर्वत/  पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ । त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३.३८ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७९/०८० मा कुल ७ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २६ हजार ३ सय ४७ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा २६ हजार एक सय १२ मेट्रिक टन धान उत्पादन भएको कार्यालय प्रमुख अधिकारीले बताए । उत्पादकत्व बढेको देखिएको भए पनि कृषकहरू बसाइ सरेर जाने क्रम भने नरोकिएको उनको भनाई छ । खेतीयोग्य जमिनमा गरिने खेतीको क्षेत्रफल घट्दा जग्गा बाँझो रहने क्रम बढेको भए पनि उत्पादन बढ्नुमा विविध कारणहरू रहेको अधिकारीले बताए । उत्पादकत्व बढेको देखिनु राम्रो भए पनि कृषकहरूले जग्गा बाँझो छाड्ने क्रम बढ्नु दुःखद रहेको छ । विशेषतः उन्नत जातका धानको बीउ प्रयोग गर्नु, सिचाइको सुविधा बढ्नु, उन्नत प्रविधिहरूको प्रयोग गर्नु, मल र बीउको पर्याप्त उपलब्धता लगायतका कारण उत्पादन वृद्धि भएको हो उनको भनाइ छ ।

‘उन्नत जातको बीउ लगाउँदा बित्तिकै १५ देखि २० प्रतिशत उत्पादन बढिहाल्छ । गाउँ गाउँका कृषकहरूले पनि स्थानीय जातको प्रयोग छाडेर उन्नत जातका बीउहरू लगाउनुभएको छ । पर्वत सानो जिल्ला हुनाले पनि रासायनिक मलको अभाव भोग्नुपरेन,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘अहिले पानीको पर्याप्तता पनि पुग्यो। बिस्तारै सिचाइको सुविधा पनि बढ्दै गइरहेको छ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादन पनि बढेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->