बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङ जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी, प्रजिअका पिएसओसहित २ घाइते, पेस्तोल जल्यो

मुस्ताङ जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी, प्रजिअका पिएसओसहित २ घाइते, पेस्तोल जल्यो


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८१, बिहिबार

पोखरा/  जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवन (कर्मचारी र सुरक्षाकर्मी आवास) मा बिहिबार बिहान करिव साढे १ बजेको समयमा आगलागी भएको छ । आगलागीबाट प्रमुख जिल्ला अधिकारी (सिडियो) का पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते भएका प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट पोखरा पठाइएको मुस्ताङ प्रहरीका निमित्त प्रमुख गणेश सुवेदीले बताए ।

सुवेदीका अनुसार प्रहरीचौकी कागबेनी दरबन्दी भई सिडियोको गार्डमा कार्यरत तिवारीको दुवैहात र अनुहार जलेको छ । उनको जिल्ला अस्पतालमा सामान्य उपचार भएको थियो । यसैगरी आगो नियन्त्रण क्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश पौडेल पनि सामान्य घाइते भएका छन । उनको बायाँ हातको साईली औंलामा चोट लागेको छ ।

उक्त आगोलागिबाट घाईते तिवारीले बोक्ने गरेको एउटा चाईनिज पेस्तोल, त्यसमा लाग्ने २ म्याग्जिन जलेको अवस्थामा फेला परेको छ । साथै सोही पेस्तोलमा लाग्ने १४ राउन्ड गोली हराएका छन् । आगोलागिबाट ढुंङ्गामाटोको गाह्रो भएको, जस्ताले छाएको भवन आशिंक रुपमा जलेको छ । काठले बनेको कार्यालयको भवनको किचन र पिएसओ सुत्ने कोठामा क्षति पुगेको हो । आगलागीको कारण एकिन नभए पनि हिटरका कारण आगो सल्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको खवर पाउनसाथ प्रहरी निरीक्षक गणेश सुवेदीको कमान्डमा ३० जना प्रहरीको टोली खटिएको थियो । आगलागी नियन्त्रणमा स्थानीयबासी, नेपाली सेना र सशस्त्र प्रहरी पनि खटिएका थिए । विहान सवा ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो । समयमै आगलागी नियन्त्रणमा लिएकाले संगैको जिल्ला प्रशासनको नयाँ भवन जोगिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->