बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यामाहाको माइलेज च्यालेन्ज र र्याली

यामाहाको माइलेज च्यालेन्ज र र्याली


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

बागलुङ/यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एम.ए.डब्लु. प्रा. लि. ले शनिबार Yamaha Ray ZR 125 FI Hybrid – Mileage Challenge सफलता पुर्वक सम्पन्न गरेको छ ।
कम्पनीले Yamaha Ray ZR 125 FI Hybrid लाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा बढी माइलेज दिने स्कुटर दाबी गर्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रम यामाहाको बागलुङ शोरुम टिएन अटो भेन्चरदेखि पर्वतस्थित हार्नेस जिपलाइन रिसोर्ट कुश्मासम्म दुरी कायाम भएको थियो ।
सहभागीबाट ३ जना उत्कृष्ट माइलेज प्राप्त गर्ने ग्राहकहरुलाई विजेता घोषणा गर्दै कार्यक्रमलाई समापन गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका दक्ष इन्जिनीयरबाट माइलेजको मापन गरी विजेताहरु अस्मिता शर्मा भण्डारी ७९.३ कि.मी. प्रतिलिटर माइलेजका साथ प्रथम, सन्तोष उपाध्याय ७८.७५ कि.मी. प्रतिलिटर माइलेजका साथ दोस्रो र सुजाता कँडेल ७८.४३ कि.मी. प्रतिलिटर माइलेजका साथ तृतिय भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->