बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ


  • संजय रेग्मी
  • माघ २७ २०८१, आइतबार

पर्वत/सरकारी छाप दस्तखत किर्ते मुद्दाका पर्वतका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक निरबहादुर बानियाँका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भएका यान बहादुर लामिछानेलाई पक्राउ गरिएको हो । उनलाई पर्वत जिल्ला अदालतले २०६९ साल कात्तिक २३ गते ११ महिना १७ दिन कैद फैसला सुनाएको थियो ।
पर्वत जिल्ला अदालत तथा अन्य अदालतहरूको विभिन्न मितिको फैसला बमोजिम कैद तथा जरिवाना ठेकिएका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्ने अभियान अन्तर्गत उनी फेला परेका हुन् । हालसम्म फरार रहेका लामिछाने गत माघ २३ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका–१५ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक बानियाले बताए ।
अदालतको फैसला कार्यान्वयनको लागी मिति उनलाई माघ २४ मा नै पर्वत जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेश बमोजिम कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->