मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

एलिनाले लेखिन्: .प्रिय विष्णु, आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ’

एलिनाले लेखिन्: .प्रिय विष्णु, आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ’


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८१, मंगलबार

पोखरा / गायिका एलिना चौहानले आजबाट पति विष्णु सापकोटासँग आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन्। ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले आफ्नो आधिकारिक तथा प्रमाणित फेसबूक ह्यान्डलमा लेखेकी छन्, ‘पत्नीका अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै-धेरै शुभकामना विष्णु।’

उनले त्यसअघि लेखेकी छन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रङ्गिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिन-छिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवान्‌लाई मात्र थाहा छ।’

एलिनाले गत माघ १८ गते जिल्ला अदालत, काठमाडौंमा पति विष्णु सापकोटासँगक सम्बन्धविच्छेदका लागि मुद्दा हालेकी थिइन्। उनले यस्तो लेखेसँगै अदालतले कानूनी रूपमै सम्बन्धविच्छेद गरिदिएको बुझिएको छ। एलिना-विष्णुले गत वैशाख ५ गते विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->