बागलुङ/बागलुङमा सामसुङ ग्यालेक्सी कम्पनीको एस २५ सेरिज र अल्ट्रा मोडलको बिक्री केन्द्र स्थापना भएको छ । बागलुङ नगरपालिका २ को लोकतान्त्रिक चोकमा रहेको म्युजिक ग्यालरीमा बुधबार बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र पूर्व अध्यक्ष युवराज राजभण्डारीले केन्द्रको उद्घाटन गरे ।
बागलुङकै युवा व्यवसायी विश्वास राजभण्डारीले पहिलो पटक गण्डकी प्रदेशमै पहिलो केन्द्र पाएका हुन् । राजभण्डारी उक्त कम्पनीको सेल्स म्यानेजर समेत हुन् । बागलुङ नगरपालिका २ को लोकतान्त्रिक चोकमा स्थापना भएको केन्द्रमा अहिले दुइ मोडलका मोवाइल बिक्रीमा राखिएको हो ।
२ सय ५६ जिवी इन्टरनल मेमोरी रहेको मोबाइलको १ लाख ८४ हजार ९ सय ९९ रुपैयाँ र ५ सय १२ इन्टरनल मेमोरी रहेको मोबाइलको भने १ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ पर्ने जनाइएको छ । दुवै मोबाइलहरु १ बर्ष ग्यारेन्टी रहेको राजभण्डारीले बताए । कार्यक्रमको अबसरमा केन्द्रले दुइवटा मोबाइल बिक्री गरेर काम शुभारम्भ समेत गरेको छ ।





