मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

भारतीय बजारमा पोखराको पर्यटन प्रवद्र्धनलगायत विषयमा छलफल

भारतीय बजारमा पोखराको पर्यटन प्रवद्र्धनलगायत विषयमा छलफल


  • ढोरपाटन संवाददाता
  • माघ ३० २०८१, बुधबार

पोखरा/ भारतको डिप्लोम्याटिक क्लबका ग्लोबल अध्यक्ष डा. मूर्ति देवरभोतला र इन्डो नेपाल च्याप्टरका अध्यक्ष वेद शर्मा नेतृत्वको टोलीले भारतीय बजारमा पोखराको पर्यटन प्रवर्द्धन लगायत विषयमा पोखरा महानगर प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ ।

छलफलमा दुईपक्षिय हित, पोखरा भ्रमण वर्ष २०२५ अवधिभर भारतीय पर्यटकहरूको पोखरा भ्रमण, भारतीय बजारमा पोखराको पर्यटनको प्रवर्द्धन, व्यवसायीक रूपमा पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन लगायत विषयमा छलफल भएको प्रमुख आचार्यले जनाएका छन । छलफलमा नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->