मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

हिमालय एअरलाइन्सले पोखरा–ल्हासा व्यवसायिक उडान गर्दै

हिमालय एअरलाइन्सले पोखरा–ल्हासा व्यवसायिक उडान गर्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८१, बिहिबार

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने भएको छ । फेसबुक पेजमार्फत यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुने भन्दै नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको एअरलाइन्सले जनाएको छ । ‘यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुँदैछ। हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस्। अपडेटका लागि प्रतीक्षा गर्नुहोस्’ एअरलाइन्सले भनेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि विहीबार बिहानै फेसबुक पेजमा यसबारे जानकारी गराउँदै खुशीको खबर भनेका छन् । ‘पोखराबाट ल्हासाका लागि पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान संचालन हुनु विविध कारणले रोकिएको अन्तराष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धी हो’, आचार्यले भनेका छन, ‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो। यस अवसरलाई पर्यटन प्रवर्द्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु।’ अब उत्तरी छिमेकमा औपचारिक उडान सुरु भएको छ, अब दक्षिणतर्फ आवश्यक पहल गरौं। ढिलो भए पनि यो सकारात्मक कदमका लागि योगदान दिने सबैलाई हार्दिक धन्यवाद पनि उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->