बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

द क्लिफमा ट्यान्डम बन्जी र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरीभरी छुटैछुट

द क्लिफमा ट्यान्डम बन्जी र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरीभरी छुटैछुट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०८१, शुक्रबार

पर्वत/ पर्यटकहरुका लागि समयसमयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चरतर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्टतर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ‘अब पर्यटकहरुले आफूले चाहेको व्यक्तिसँग अङ्गालो मारेर बन्जी गर्न सक्नुहुन्छ’, कार्की भन्छन् ‘यसले डर कम गराइ आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउनेछ ।’ ट्यान्डम बन्जी खेल्न १३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । फोटो भिडियो र २ वटा बन्जी टिसर्टको थप २ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ । मेगाट्रोल खेल्न प्रतिव्यक्ति ४ हजार रुपैयाँ लाग्नेछ । ट्याण्डम (जोडी) खेल्दा ७ हजार रुपैयाँ र तीन जना खेल्दा ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । टिसर्ट र भिडियो प्याकेजको थप शुल्क लाग्नेछ । मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ । यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिने कार्कीले बताए । एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरिएको हो ।
पोखरास्थित द क्लिफको काउन्टरबाट बुकिङ गर्नेले हजार रुपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधासमेत पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->