बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कार्यसम्पादन मूल्याङ्कनमा महाशिला गाउँपालिका जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा महाशिला गाउँपालिका जिल्लाकै उत्कृष्ट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८१, शनिबार

पर्वत/ जिल्लाका ७ स्थानीय तहमध्ये महाशिला गाउँपालिका कार्य सम्पादनमा यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा महाशिला उत्कृष्ट बन्न सफल भएको हो । अघिल्लो वर्ष पनि महाशिला उत्कृष्टमा परेको थियो ।

महाशिलाले ७३ दशमलव ६ प्रतिशत अङ्क ल्याएर पहिलो बन्न पुगेको हो । यसैगरी जलजला गाउँपालिका ७० दशमलव १ प्रतिशत अङ्क प्राप्तगरी दोस्रो, कुश्मा नगरपालिकाले ६४ दशमलव ७ अङ्क प्राप्तगरी तेस्रो, फलेवास नगरपालिकाले ६० दशमलव ६, मोदी गाउँपालिकाले ५९ दशमलव ९, पैयु गाउँपालिकाले ५८ दशमलव ८ र विहादी गाउँपालिकाले ५४ दशमलव ८ प्रतिशत अङ्क पाएका छन् ।

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कको आधारमा स्थानीय तहको मूल्याङ्कन हुने गर्छ । गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको परिणाम कार्य सम्पादन मुल्यांकनमा अग्रस्थानमा पर्न सफल भइएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->