बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

निगाता इन्टरनेशनलको १२ औं वार्षिकोत्सवः पोखरामा ‘शैक्षिक मेला’

निगाता इन्टरनेशनलको १२ औं वार्षिकोत्सवः पोखरामा ‘शैक्षिक मेला’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८१, शुक्रबार

पोखरा/ निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिले १२ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक मेला सम्पन्न गरेको छ ।  इन्स्टिच्युटले पोखरामा पहिलो पटक निशुल्क शैक्षिक परामर्श मेला आज (शुक्रबार) सम्पन्न गरेको हो । मेलाको उद्घाटन गर्दै नेपाल शैक्षिक परामर्श संघ काठमाडौंका द्धितिय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहनेहरुका लागि कार्यक्रम फलदायी हुने धारणा राखे । ‘विदेश गएर पढ्न चाहनेहरुका लागि यो कार्यक्रमले सघाउ पुर्याउने विश्वास लिएको छु,’ उनले भने, ‘विद्यार्थी भाइबहिनीहरुले इच्छाएनुसार उच्च शिक्षाका लागि विदेशको राम्रो कलेजहरुमा पठाएर दक्ष बनाउन योगदान दिएको छ । त्यसैले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’

उनले फरक प्रसंगमा बोल्दै शैक्षिक परामर्श संघसहितका विभिन्न कन्सल्टेन्सीलाई विद्यार्थीहरुलाई बाहिर पठाए भन्ने लान्छना लागाउँदै आएकोसमेत टिप्पण्ी गरे । ‘नेपाली विद्यार्थीहरु बाहिरीए । नेपालबाट युवाहरु पलायन भए भनेर हामीलाई धेरै खालको शैक्षिक परामर्शको क्षेत्रमा लान्छना लाग्ने गरेको छ,’ उनले भने, ‘हामीले पुर्वीय शैक्षिक संस्कृति र सभ्यतातर्फ फर्केर हेर्ने हो भने, हामी कुनै गुरुको शिक्षा पद्धतिबाट विकसित हुनै यो फेजमा आएका हौं, हाम्रो शिक्षाको विकासलाई हेर्ने हो भने आफुले प्राप्त गरेको ज्ञान मात्र प्राप्त हो भनेर त्यो भुमरी तोडेर बाहिर नआएको भए आजको अवस्थामा आउने थिएनौं ।’  उनले अवसरका लागि विद्यार्थीहरुलाई विभिन्न बहानामा रोक्न नहुने उल्लेख गरेका थिए ।

निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटका अध्यक्ष किसान सुनारले १२ औं वार्षिकोत्सवका अवसरमा पहिलो पटक वैदेशिक शिक्षासँग जोडिएर निशुल्क शैक्षिक मेला आयोजना गरेको बताए । ‘विशेष गरेर हामीले १२ औं वर्षको विशेष दिन पारेर पहिलो प्रयासको रुपमा वैदेशिक उच्च शिक्षासँग जोडिएर शैक्षिक मेला आयोजना गरेका छौ,’ सुनारले भने, ‘यस शैक्षिक मेलाबाट उच्च शिक्षाका लागि विदेश जानुभन्दा पहिलो विद्यार्थी, अभिभावकहरुले त्यस क्षेत्रको बारेमा बुझ्ने अवसरमा लिनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’ उनले शैक्षिक मेलालाई निरन्तरता दिने बताए । ‘हामीले वैदेशिक उच्च शिक्षासँग जोडिएका विविध विषय र कार्यक्रमहरुलाई निरन्तरता दिनेछौं । हामीले जापान मात्र होइन, अष्टे«लिया, युके र युरोपका केही देशहरुलाई जोडेर यात्रा सुरु गरेका छौं,’ उनले भने, ‘हामीले विभिन्न युनिर्भसिटीले दिने छात्रवृत्तिको सन्दर्भलाई जोड्न यो एक्स्पोको आयोजना गरेका हौं ।’

कार्यक्रममा नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीकी प्रमुख सचिता पराजुली, भाषा संघ नेपालका उपाध्यक्ष मोती श्रेष्ठ, नेपाल शैक्षिक परामर्श संघ कास्कीका अध्यक्ष ओमप्रकाश शर्मा, युनि क्याम्पस ग्लोबल गण्डकीका सञ्चालक हरिश आचार्य लगायतले बोलेका थिए । निशुल्क शैक्षिक मेलामा सहभागी भएका विद्यार्थीहरुलाई जापानिज भाषा तयारी कक्षा, आइएल्टस्, पिटिईका लागि ५० प्रतिशत छुट दिइएको छ । शैक्षिक मेलाका अवसरमा जापान, बेलायत (युके), अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन गरिएको थियो । यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइएको थियो ।
उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल, इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँगले सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->