बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पृथ्वीराजमार्गको तनहुँस्थित चुनपहरा खण्ड एक महिनाका लागि आंशिक बन्द हुने

पृथ्वीराजमार्गको तनहुँस्थित चुनपहरा खण्ड एक महिनाका लागि आंशिक बन्द हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८१, शुक्रबार

पोखरा/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मा रहेको चुनपहरा सडक खण्ड एक महिनाका लागि आंशिक रुपमा बन्द हुने भएको छ ।चुनपहरामा सडक निर्माणको कामलाई तिब्रता दिनका लागि आज शुक्रबार ९ गतेदेखि चैत ९ गतेसम्मका लागि सडक आंशिक रुपमा बन्द गर्न लागिएको हो ।

यातायात कार्यलय बिमलनगरदेखि नयाँ पुलसम्मको करिब ५ सय मिटर सडक खण्ड आवश्यकता अनुसार समय–समयमा ४५ देखि एक घन्टाको लागि बन्द गरिने मुग्लिन पोखरा सडक आयोजनाले जनाएको छ । साना सवारीसाधन तथा मोटरसाइकलहरुले वैकल्पिक मार्गको रुपमा विमलनगर–मर्स्याङ्दीपुल–कुमाल गाउँ–नयाँ पुलको बाटो प्रयोग गर्न सक्नेछन् । यस्तै, ठूला सवारी साधनहरुले सवारी रोक्दा, सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->