बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पाठेघर मुखको परिक्षणमा दश जनामा समस्या

पाठेघर मुखको परिक्षणमा दश जनामा समस्या


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८१, आइतबार

पोखरा/ पोखराको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–१७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण गरिएको थियो ।

शिविरमा परिक्षण गरिएका मध्ये १० जनामा समस्या देखिनुका साथै एक जनाको रिपोर्टमा पोजेटिभ देखिएपछि थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको नर्सिङ निरीक्षक पुष्पलक्ष्मी महर्जनले जानकारी दिइन् । उनका अनुसार भीआइए टेष्ट गर्दा पाठेघरको मुखमा करिव पाँच प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रंग परिवर्तन भएको हेरिन्छ । यसको नतिजा तुरुन्तै पत्ता लाग्दछ र परिक्षण गर्दा दुख्दैन र शरीरमा समेत कुनै नराम्रो असर पर्दैन ।

आइए टेस्ट पोजेटिभ आउनु भनेको क्यान्सर हुनु नभई एचपीभीको संक्रमण हुने भन्दै उनले यो समयमै उपचार गरे निको हुने बताइन् । उनले भनिन्, ‘समयमा उपचार नगर्ने हो भने क्यान्सर हुन्छ ।’ शिविरमा अस्पतालका नर्सिङ निरीक्षक जसमाया रिजेलले प्राविधिक सेवा दिएकी थिइन् ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य तारा सेवाले शिविरको उद्घाटन गर्दै पार्लरले व्यवसायसंगै महिलाको स्वास्थ्यमा समेत चासो देखाएर समाजप्रति महत्वपूर्ण योगदान गरेको बताइन् । सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले पाठेघरको मुखको क्यान्सरको समस्यामा ठूलो संख्यामा नेपाली महिलाहरु रहेको बताउँदै आप्mनो शरीरमा देखिएको समस्या चिकित्सकसंग खुलेर राख्नु पर्ने बताए । अनुहारमा मात्र होईन भित्री शरीर सफा र निरोगी हुनु पर्नेमा जोड दिंदै उनले यस्ता शिविर सरकारीस्तरसंगै विभिन्न संघसंस्थाले पनि आयोजना गर्नुपर्ने आवश्यकता औल्याए । संस्थाका प्रोपाईटर एवम् राष्ट्रिय प्रशिक्षक दिपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पार्लर सञ्चालक शिशिर गोदारले व्यवसायसंगै सात जनालाई रोजगार दिंदै आएको जानकारी दिए । २० हजार रुपैया बरावरको औषधि निशुल्क वितरण गरिएको एक दिने शिविर सञ्चालन गर्न वइल टेन प्रोफेसनल कस्मेटिक कम्पनीले आर्थिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->