पोखरा/पोखरा ४ मा रहेकोविशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक कार्ययोजना अनुरुपको ‘सदस्य बिस्तारित मन्च’कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको वास्तविक पूँजी सदस्यहरुनै हुन् भन्ने मान्यतामा टेकेर सो कार्यक्रममार्फत् सदस्यहरुलाई संस्थाको कारोबारको विवरणदेखि अन्य गतिविधिबारे जानकारी गराइएको हो ।
संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा संचालित भेलामा भेलामा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष दीपकराज बास्तोला मुख अतिथि थिए । उनले यस प्रकारको सदस्य केन्द्रीत भेलाले सदस्यहरुलाई संस्थाको वास्तविकता जानकारी दिने बताए । कार्यक्रममा संस्थाका प्रमुख वयवस्थापक शिवप्रसाद भट्टराईलेअर्धवार्षिक कारोबारको विवरण पेश गरेका थिए ।
संस्थाका बरिष्ठ सल्लाकार गोविन्दप्रसाद ढकालले सहकारी संस्थामा देखिएका चुनौतीहरुको सामाना गर्न संस्था सक्षम रहेको बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवंम कार्यक्रम संयोजक बालकृष्ण ढकाल, सचिव प्रदीपकुमार मुल्मी, महिला उप–समितिसंयोजक एवंम संचालक इउलकुमारी पाइजा, संस्थाका संस्थापक अध्यक्ष भुवन नेम्कुल, लेखा सुपरिवेक्षक समिति संयोजक रामकृष्ण दुवाडीलगायतले मन्तव्य राखेका थिए ।





