बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ब्लड क्यान्सर पीडित केसीलाई ४३ लाख सहयोग

ब्लड क्यान्सर पीडित केसीलाई ४३ लाख सहयोग


  • संजय रेग्मी
  • फाल्गुन १३ २०८१, मंगलबार

पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ फर्से घर भइ हाल अस्ट्रेलियामा रहेका ब्लड क्यान्सर पीडित अशेष केसीलाई प्रवासी पर्वतेहरूमार्फत ४३ लाख रुपैयाँ सहयोग गरिने भएको छ ।
पर्वतबाट विभिन्न देशमा पुगेकाहरूले अन्तर्राष्ट्रिय पर्वत समाजमार्फत ४३ लाख २७ हजार ३० रुपैयाँमध्ये केही रकम जलजलास्थित केसीको परिवारलाई हस्तान्तरण गरिएको छ भने केही रकम यसअघि नै उपचारका लागि अस्ट्रेलिया पठाइएको र केही प्रतिबद्धतामा रहेको समाजका सचिव कमल लामिछानेले बताए ।
सहयोग सङ्कलन अभियानमध्ये तीन लाख ७२ हजार सात सय ५० रुपैयाँ अशेषको परिवारलाई हस्तान्तरण गरिएको हो । आइतबार सचिव लामिछाने र नेपाल प्रतिनिधि मुना भुसाल लगायतले केसीका हजुरबुबा कुलबहादुर खत्री र हजुरआमा दुर्पती खत्रीलाई भेटेर रकम हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा पर्वत समाज कतार जलजला इकाइले पर्वत समाज कतारका निवर्तमान सचिव भरत मल्ल ठकुरीमार्फत् ३६ हजार रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।
अन्तर्राष्ट्रिय पर्वत समाजको पाँच लाख ३६ हजार चार सय ८९ रुपैयाँ सहित समाजका जापान, युके, स्विट्जरल्यान्ड, बेल्जियम, अमेरिका, स्पेन लगायतका देशबाट आएको केही सहयोग अशेषसमक्ष समक्ष पुगेको छ भने केही रकम पुग्ने क्रममा रहेको छ । समाजका अध्यक्ष शर्मा तथा सहयोग अभियानका मध्यपूर्व संयोजक रामहरि शर्मा (राम) लगायत पदाधिकारीहरूले थप सहयोगका लागि अभियान जारी राखेको बताएका छन् ।
अशेषकी फुपू सीता केसीका अनुसार पिआरप्राप्त गरेकाहरूको उपचारको लागि बीमा हुने भए पनि विद्यार्थीहरूको लागि त्यो सुविधा नहुँदा अशेषको उपचारमा धेरै रकम खर्च हुने भएको छ । निजी बीमा कम्पनीमार्फत् केही सहयोग भएको भए पनि हालसम्म झन्डै ३५ लाख रुपैयाँ उनको उपचारमा खर्च भएको छ । अस्पतालले हरेक चार महिनामा उपचारको बिल पठाउने भएकाले अब कति खर्च आउने हो भन्ने यकिन नभएको उनले बताइन् ।
केही समयभित्रमा नै अशेषमा ‘बोन म्यारो’ प्रत्यारोपण गर्ने तयारी भएको भए पनि उनको स्वास्थ्यमा देखिएको थप समस्या र आफ्नो दिदीको ‘बोन म्यारो’ नमिल्दा प्रत्यारोपणको काम रोकिएको छ । अस्पतालले आफन्तको ‘बोन म्यारो’ मिल्न सक्ने बताएको भए पनि नमिलेपछि अब ‘बोन म्यारो’ दिने व्यक्तिको खोजी भइरहेको छ । अस्ट्रेलियाका नागरिकहरूले ‘बोन म्यारो’ दान गर्ने गरेकाले सकेसम्म अस्पतालले नै व्यक्ति जुटाउन सक्ने उनकोे भनाइ छ ।
सहयोग हस्तान्तरण गर्दै समाजकी नेपाल प्रतिनिधि मुना भुसालले आकस्मिक घटनामा सहयोग गर्दै आएको संस्थाले अहिले दीर्घकालीन योजनाहरूमा पनि सहयोग गरेको बताइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->