शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

६ वर्षीया भूमीलक्ष्मीको चित्रकला पुस्तक सार्वजनिक

६ वर्षीया भूमीलक्ष्मीको चित्रकला पुस्तक सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८१, बिहिबार

पोखरा/  पोखरा–३ नदीपुरकी ६ वर्षीया भूमीलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक भएको छ । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करणको आज उद्घाटन अवसरमा पुस्तक सार्वजनिक गरिएको हो ।

फेस्टिभलका प्रमुख अतिथि संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङ र पुस्तकका लेखिका पराजुलीले संयुक्त रुपमा पुस्तकको बिमोचन गरे । पराजुली माउन्ट एभरेष्ट प्रि स्कुल लेखनाथमा २ कक्षामा अध्ययनरत छन् । उनी सानै उमेरदेखि चित्र काेर्न र कथा पढ्न मन पराउथिन । १६ पृष्ठको पुस्तक उनले एक हप्तामा तयार पारेको बाबु प्रमेश पराजुलीले बताए । गए दशैको बिदामा उनले विभिन्न चित्र कोरेर पुस्तक तयार पारेकी हुन् । पुस्तकको स्टोरी अंग्रेजीमा लेखिएको छ । बिमोचनका अवसरमा पराजुलीका बाबु प्रमेश र आमा अनीता रानाभाटको पनि उपस्थिति थियो ।

भूमिले यसअघि पनि कथा लेखेकी छिन् । तर, प्रकाशित कथा भने उनको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->