आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हिमालय एअरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्ने

हिमालय एअरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८१, शुक्रबार

पोखरा/ हिमालय एअरलाइन्सले पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट चीनको ल्हासासम्म साप्ताहिक रुपमा व्यावसायिक उडान गर्ने भएको छ । आगामी चैत १८ (मार्च ३१) गते सोमबार ल्हासादेखि देखि पोखरा र चैत १९ मा पोखराबाट ल्हासाका लागि उडान भर्ने एअरलाइन्सले सेड्युल सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।

‘नेपालको पर्यटन राजधानी पोखरादेखि विश्वको छाना ल्हासासम्म उडान गर्नुहोस्। ३१ मार्चदेखि सुरु हुने यस मार्गमा हाम्रो साप्ताहिक उडानमा सामेल हुनुहोस्। आरक्षणका लागि हिमालय एयरलाइन्स काठमाडौँ बिक्री कार्यालयमा सम्पर्क गर्नुहोस्’ एअरलाइन्सले फेसबुकमा लेखेको छ । चीन सरकारले आफ्ना नागरिकहरूका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको छ । साप्ताहिक रुपमा भए पनि हिमालयको यो उडानले चीनियाँ पर्यटक नेपाल भित्राउन सहयोग पुग्ने विश्वास पर्यटन व्यवसायीहरुको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->