सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बाेत्तलबाट बनेकाे  हाेटल बोत्तल हाउस  नयाँ व्यवस्थापन सहित  संचालनमा

बाेत्तलबाट बनेकाे  हाेटल बोत्तल हाउस  नयाँ व्यवस्थापन सहित  संचालनमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८१, आइतबार

पोखरा/ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि होटल व्यवसायमा युवाको आर्कषण बढेको छ ।  पोखरासँगै जोडिएका अधिकांश ग्रामिण क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवाहरुले होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएका छन् ।

यसैक्रममा पाेखरा – १६ जोगिमणीस्थित माझकुनामा संचालनमा रहेको बोत्तल हाउस नयाँ व्यवस्थापन सहित थप सेवा र सुविधाका साथ संचालनमा आएको हो । पर्यटकीय क्षेत्र महेन्द्र गुफावाट करिव ३ किलोमिटरको दुरीमा रहेको रिभरसाईड बोत्तल हाउस स्थानिय ईन्जिनियर गोविन्द आचार्य गोपीले नयाँ व्यवस्थापन सहित संचालनमा ल्याएका हुन् । शुक्रवारदेखि संचालनमा आएको सो व्यवसायमा आचार्यको एकल लगानी रहेको छ ।

खोलाको छेउमा बोतलै बोतलवाट निर्माण गरिएको सो व्यवसाय नयाँ साजसज्जा र व्यवस्थापनमा ल्याउन करिव डेढ करोड खर्च लागेको गोपीले जानकारी दिए । प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्दै नेपाली अर्गानिक खाना तथा खाजाको स्वाद लिन सकिने सो हाउसमा टिकटकका लागि आर्कषक स्थल, पार्क, स्वीमिङ पुल र वालवालिकाको लागि वाल उद्यान तथा मनोरञ्जनका लागि प्रर्याप्त सामाग्री रहेका छन् । ढिंकीडाँडा रिर्सोट संचालन गरी अनुभव बटुलिसकेका आचार्यले त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी व्यवसाय संचालन गरेको स्पष्ट पार्नुभयो ।

शुभारम्भको अवसरमा शुक्रवार र शनिवार साँझ चर्चित लोकदोहोरी गायक, हाँस्यव्यंग्य कलाकार र लाईभ कन्सर्ट समेत भएको थियो । कार्यक्रममा चर्चित लोकदोहोरी गायक श्याम राना मगर, मञ्जु वि.क, माया गिरीले लोकदोहोरी प्रस्तुत गरेका थिए । हाँस्य कलाकार राजेन्द्र नेपालीको प्रस्तुतीमा दर्शक रमाएका थिए भने कृष्ण गुरुङ, अञ्जली विक र विनु कार्कीकोे नृत्यमा दर्शकले साथ दिएका थिए । निष्र्कष व्याण्डले आफ्नो प्रस्तुतीमा दर्शकलाई झुमाएको थियो । शुभारम्भका अवसरमा २३ फागुनसम्म विशेष छुट सहितका प्याकेज उपलब्ध गराईने बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->