सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ उद्योग बाणिज्य संघको ६१ औं स्थापना दिवश

बागलुङ उद्योग बाणिज्य संघको ६१ औं स्थापना दिवश


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८१, बुधबार

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघ हिरक बर्षमा प्रवेश गरेको छ । २०२० सालमा स्थानमा भएको संघले ६० औं बसन्त पार गरेको हो ।
बागलुङ जिल्लाकै पहिलो संस्थाको रुपमा संघ स्थापना भएको थियो । शुरुमा सामान्य व्यपार गर्नेहरुको संस्था भएपनि बिस्तारै यो उद्योगी, व्यवसायीको छाता संगठनको रुपमा बिकास भएको छ ।
मंगलवार संघले ६१ औं स्थापना दिवश मनाएको छ । उक्त अबसरमा वृहत अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु, राजनीतिक दलका नेता र व्यवसायी बीच छलफल र ६० बर्षको समीक्षा समेत भएको हो । समीक्षा कार्यक्रममा कांग्रेस जिल्ला सदस्य जगन्नाथ आचार्यले घट्दो व्यवसाय बढाउन धार्मिक पर्यटकलाई जिल्लामा घुम्ने अबस्था सिर्जना गर्नुपर्ने बताए । उनले बागलुङलाई चिरेर गएका ठूला राजमार्गमा गाडि गुडेर मात्र पर्यटक नआउने भन्दै जिल्लामा घुम्ने संस्कृतिको बिकास गर्ने, महत्वपूर्ण गन्तव्यहरुको पहिचान गरेर ती स्थानमा बस्ने वातावरण बनाउन सकेमा फेरीपनि व्यवसायिक भविष्य उज्वल हुने भन्दै त्यसको नेतृत्व उद्योग बाणिज्य संघले लिनुपर्ने बताए ।
एमाले अध्यक्ष हिराबहादुर केसीले बागलुङमा बिकासको संभावना खुलेकोले व्यवसायीहरु उत्साही हुनुपर्ने बताए । हिजो व्यपारमा मात्र लागेकाहरु व्यपार सुकेको भनेर निरास हुने हैन भन्दै अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने सुझाव दिए । उनले आइटी, कृषि, खाद्य र पर्यट उद्योगका उद्योगपति बनेर रोजगार सिर्जना गर्न उनले व्यपारीलाई सुझाव दिए ।
कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष निर्मलबहादुर श्रेष्ठले उद्योग बाणिज्य संघ व्यवसायिकको हितमा काम गर्न सक्ने बन्नुपर्ने बताए । साथै राजनीतिक दवावमा भन्दा व्यवसायिक हितमा काम गर्न सकेमा संघको महत्व बढ्ने समेत बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’, व्यवसायी राम कृष्ण शर्मा, शिवकला थापा, दुर्गा कुँवर, बिवि कार्की, डम्बर बहादुर सापकोटा लगायतले पनि व्यवसायिक हितका कार्यक्रम संचालन गर्ने, उद्योग व्यवसाय प्रवद्र्दन गर्ने खालका कार्यक्रम गर्न संघले अगुवाई गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष नरेश कंडेलले उद्योग व्यवसायलाई प्रवद्र्दन गर्ने र व्यवसायीको हितका काम गर्न सँधै लागेको बताए । उनले राज्यले कर लिने मात्र नभए व्यवसायमैत्री वातावरण बनाइदिनुपर्ने धारणा राखे । व्यवसायीहरु संस्थामा अटाउने र गैर व्यवसायीहरु बिदाइ गर्ने लक्ष्य समेत उनले सुनाए । त्यस बाहेक इतिहासको संरक्षण गर्न स्थापना कालदेखि हाल सम्म भएका अध्यक्ष र पदाधिकारी तथा संस्थापकहरुको सुझाव संकलन गर्ने, उनीहरुको अनुभव जन्य डकुमेन्ट्री बनाउने योजना पनि सुनाए । त्यसकालागि प्रारम्भिक काम शुरु भैसकेको जानकारी दिए ।
महासचिव ऋषिराम गौतमले संचालन गरेको कार्यक्रममा प्रेस सल्लाहकार सुवास आचार्यले प्रारम्भिक रुपमा निर्माण गरेको पूर्व अध्यक्षहरुको अनुभव संगालेको भिडियो सामाग्री प्रस्तुतीकरण गरेका थिए ।
स्थापना कालमा व्यवसायीहरुलाई प्रशासनले समेत धरपटक गरेको इतिहास पूर्व अध्यक्षहरुले दिएको अभिव्यक्तिमा उल्लेख छ । हाल व्यवसायिक हितमा संघले काम गरिरहेको छ । संघमा अहिले भने दर्जनबढी बस्तुगत संघ, जिल्लाका गलकोट र बुर्तिवाङमा शाखा समेत संचालनमा छन् । त्यस बाहेक एक गाउँ एक उत्पादन लगायतका व्यवसायिक कामपनि संघले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->