बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको बिहादीमा जीप दुर्घटनामा २ जनाको मृत्य, ७ घाइते

पर्वतको बिहादीमा जीप दुर्घटनामा २ जनाको मृत्य, ७ घाइते


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८१, बुधबार

पोखरा/ गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा बुधवार २ जनाको मृत्यु भएको छ। ७ यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
पर्वत प्रहरीका अनुसार मृतकमा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचन रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए । लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ । एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->