बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सितल होटलको औपचारिक उद्घाटन

सितल होटलको औपचारिक उद्घाटन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

बागलुङ/बागलुङका व्यवसायी तालबहादुर कुँवरले नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याएको ‘सितल होटल तथा पार्टी प्यालेस’को औपचारिक उद्घाटन भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले बिहिवार होटलको उद्घाटन गरे ।
उक्त अबसरमा उनले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उद्यमीहरु बढाउनु पर्ने बताए । साथै उनले उद्यमशिल नागरिकबाट मात्रै देशको पर्यटन प्रवद्र्दन सहित उत्पादनशिल काम गर्न सकिने बताए ।
कार्यक्रममा लायनकी नेतृ मिरा बज्राचार्य, राजेन्द्र बाटाजु, काजीमान गुरुङ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा, अविरल, होटल व्यवसायी महासंघ, गण्डकीका अध्यक्ष अर्जुन चोखाल लगायतले शुभकामना मन्तव्य दिए ।


शिक्षक पेशा छाडेर २० बर्ष अघि होटल व्यवसायमा होमिएका कुँवर दम्पत्तिले पछिल्लो समय बानपा ४ को उपल्लाचौरमा उक्त होटल संचालनमा ल्याएका हुन् । २५ वटा डिलक्स कोठा भएको होटलमा ५० जना पाहुनालाई आरमदायी सेवा दिन सक्ने बताए । पार्कीङ, पार्टी प्यालेस र बैठक तथा कार्यक्रम गर्ने हल समेतको व्यवस्थापन गरेकोले घुम्न आउने पर्यटक देखि कार्यक्रम गर्न चाहने संघसंस्थाकालागि पनि यो नमूना बन्ने सरोकारवालाले बताए । कार्यक्रम होटल संचालक तालबहादुर कुँवरको अध्यक्षता र व्यवसायी नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->