बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

म्यानपावर संचालकलाई अभिमुखीकरण

म्यानपावर संचालकलाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

पोखरा/वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीमा आवद्ध शाखा संचालकहरुका लागि वैदेशिक रोजगारसम्बन्धी ऐन कानून र शाखा संचालन सम्बन्धमा एकदिने तालिम दिइएको छ ।
श्रम तथा रोजगार कार्यलय प्रमुख वरिष्ठ अधिकृत सुरेश ढकालको प्रमुख आतिथ्यता, विभागीय प्रमुख प्रदीप ढकालको प्रशिक्षण र नायव सुब्बाजीवाखर शर्माको आतिथ्यतामा भएको सो प्रशिक्षणमा ७५ जनाभन्दा बढी म्यानपावर शाखा प्रमुखहरु सहभागी थिए । अभिमुखीकरणमा म्यानपावरभित्र देखिने बेथिति रोक्न तथा शाखा संचालन गर्दा अपनाउनु पर्ने नीति–नियमबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यलय प्रमुख वरिष्ठ अधिकृत सुरेश ढकालले वैदेशिक रोजगार ऐन २०६६ ले वर्तमानको वैदेशिक रोजगार व्यावसायलाई राम्रोसँग सम्वोधन गर्न कठिन भएको र केही बुँदाहरु संशोधन गर्नुपर्ने बताए । व्यवसायलाई मर्यादित ढंगबाट संचालन गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रम का अध्यक्ष तथा संयोजक सुजन श्रेष्ठले शाखा संचालकहरुलाई अभिलेखहरु कानूनसम्मत राख्न आग्रह गरे । वजारमा वैदेशिक रोजगारसम्बन्धी व्यावसाय अनुमतिप्राप्त संस्थाबाहेकका केही शैक्षिक परामर्श केन्द्र तथा सीप तालिम केन्द्रहरुले अवैधानिक रुपमा वैदेशिक रोजगारसम्बन्धी कार्य गरिरहेका तर दोष चाहिँ आफूहरुलाई दिइएको बताए ।
वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी अध्यक्ष सुजन श्रेष्ठको संयोजकत्व, सहसंयोजक कोषाध्यक्ष केशर के सी, महासचिव धिराज श्रेष्ठ र श्रम तथा रोजगार कार्यालय पोखराको सहजीकरणमा सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष रविराज घिमिरेको स्वागत तथा सल्लाहकार जगतमोहन गिरीले पनि सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->