सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कास्की जिल्ला अदालतमा हाजिर गरेर निस्किए रवि लामिछाने

कास्की जिल्ला अदालतमा हाजिर गरेर निस्किए रवि लामिछाने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा दोस्रो तारिखमा हाजिर भएका छन् । उनले अर्को मितिको तारिख लिएर गएको अदालतका श्रेस्तेदार राजन खनालले बताए । अवको तारिख कहिले भन्ने केही बेरमा थाहा हुने उनले बताए ।

लामिछाने श्रीमती निकितासहित आजै काठमाडौंबाट पोखरा आएका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने पुस २५ मा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा छुटेका थिए। साथै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा माघ २ मा ६० लाख धरौटी, बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा उनी माघ १३ गते रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। यसैगरी माघ २५ गते सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगी प्रकरणमा ५४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

लामिछाने सोमबार रुपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने कार्यक्रम रहेको छ। वीरगञ्जको सानो पाइला सहकारीको बचत रकम अपचलन प्रकरणमा भने अझै अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->