सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

‘कमाण्डो’ तालिमअन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्पमा 

‘कमाण्डो’ तालिमअन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्पमा 


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

पर्वत/एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत र बाग्लुङ क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ ।

यसैक्रममा आइतबार नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही ‘कमाण्डो’ तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले सदरमुकाम कुश्मास्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए । ‘भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमाण्डोहरुलाई तयार गर्न साहसिक गतिविधिमा सम्लग्न गराइएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक जबरा भन्छन, ‘नेपालमा मात्र नभइ विदेशमा समेत सेवा बिस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौँ ।’ तालिमअन्तर्गत १ सय ६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीहरुलाई विभिन्न साहसिक खेलहरूमा सहभागी गराउँदै आएको छ ।

तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरकफरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ। बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवास सुविधा पनि छ। इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन्। क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->