सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोट उवासंघको अध्यक्षमा गौतम र श्रेष्ठ भीड्दै

गलकोट उवासंघको अध्यक्षमा गौतम र श्रेष्ठ भीड्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

बागलुङ/गलकोट उद्योग वाणिज्य संघ गलकोटको अध्यक्षमा ढालिन्द्र प्रसाद गौतम र दिलिप श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका उम्मेदवार गौतम संघको वरिष्ठ उपाध्यक्ष र श्रेष्ठ कोषाध्यक्ष हुन् । संघमा सर्वसम्मत नेतृत्व चयन गर्न व्यवसायीले विभिन्न चरणमा छलफल गरेपनि अध्यक्षका उम्मेदवार शर्मा र श्रेष्ठबीच सहमति जुट्न नसक्दा मतदान प्रक्रियाबाट अध्यक्षको टुंगो लाग्ने भएको हो ।
संघको खुल्ला सदस्यतर्फ टिकाराम गौतम, भिम बहादुर केसी, चित्र बहादुर साहानी, दलबहादुर घर्ती, श्याम सुन्दर भण्डेल, भिमबहादुर केसी (बाबुराम), सन्तबहादुर भण्डारी, गोविन्द उपाध्याय, धनबहादुर केसी, लिलबहादुर सार्की, कृष्ण प्रसाद खरेल, हर्कबहादुर पन्त, दानबहादुर श्रीस, गुमानसिंह खत्री, राजेन्द्र घिमिरे र पदम श्रेष्ठ चुनावी प्रतिष्पर्धामा छन् । त्यस्तै, उद्योग सदस्यतर्फ तुलाराम गौतम, विरबल श्रेष्ठको उम्मेदवारी परेको छ । महिला सदस्यहरुमा बालकुमारी श्रीस, गंगा रेग्मी, नितु प्रधान र कौशिला घर्तीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
आगामी चैत्र १ गते एक अध्यक्ष, एक उद्योग सदस्य, दुई महिला सदस्य र आठ खुल्ला सदस्य गरी १२ जनाको लागि मतदान हुने छ । निर्वाचनमा ३ सय ७१ जना मतदाता मतदानमा सहभागि हुँदैछन् । निर्वाचित अध्यक्षले दुई जना सदस्य मनोनित गर्ने र निवर्तमान अध्यक्ष स्वतः सदस्य हुने संघमा प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->