पोखरा/बिजीएन ग्रुप प्रालिले पोखरा १ हरिचोकमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनिक्सको नयाँ आउटलेट संचालनमा ल्याएको छ ।
कम्पनीका प्रबन्ध संचालक बालाकृष्ण कोइरालाले आफ्नै भवनमा घरयासी प्रयोजनका बस्तु बिक्री सुरु गरिएको जानकारी दिए ।
ग्रुपले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गर्दै आएको थियो । उपभोक्ताको आवश्यकता र मागलाई मध्यनजर गर्दै किचेन एण्ड इलेक्ट्रोनिक्सको नयाँ आउटलेट संचालनमा ल्याएको प्रबन्ध संचालक कोइरालाले बताए ।
सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनिक्स संचालनमा आएको उनले बताए । कम्पनीका प्रबन्ध निर्देशक कोइराला हेभी इक्वीपमेन्टका संघको केन्द्रीय सदस्य र कास्की जिल्ला अध्यक्ष हुन् ।





