बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

देशमा केही हुँदैन भन्ने भावना त्याग्नुपर्छ : मन्त्री थापा

देशमा केही हुँदैन भन्ने भावना त्याग्नुपर्छ : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८१, बुधबार

पोखरा/बिजीएन ग्रुप प्रालिले पोखराको हरिचोकमा घरायसी विद्युतीय सामानहरु पाइने बिजीएन किचेन एण्ड इलेक्ट्रोनिक्स पसल खुलेको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सो पसलको उद्घाटन गरे । बीजीएन कम्लेक्समा रहेको सो पसलमा भान्छा तथा घरमा प्रयोग हुने विद्युतीय सामग्री उपलब्ध छन् । युवा व्यवसायी बालकृष्ण कोइराला त्यसका प्रबन्ध संचालक हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा केही हुँदैन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिक मन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएको भन्दै मन्त्री थापाले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जोखिमको साहस लिन सक्ने व्यक्तिले नै सफलता प्राप्त गर्ने बताए । बिजीएन ग्रुपले मिहिनेत, धैर्यताले नै निरन्तर सफलता प्राप्त गरिरहेको उनको भनाइ थियो ।
कम्पनीका प्रबन्ध संचालक बालकृष्ण कोइरालाले बीजएन ग्रुपको पाँचौं प्रतिष्ठानको रुपमा आफ्नै भवनमा घरायसी प्रयोजनका बस्तु बिक्री गर्ने किचन एण्ड इलेक्ट्रोनीक्स व्यवसाय सुरु गरिएको जानकारी दिए । व्यवसायी मैत्री पोखरा बनाउने र व्यावसायिक वातावरण बनाउनका लागि अप्ठ्यारो अवस्थामा पनि व्यवसाय विस्तार गरिएको उनले बताए ।
ग्रुपले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गर्दै आएको थियो, कोइरालाले भने, अहिले उपभोक्ताको आवश्यकता र मागलाई मध्यनजर गदैँ किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएका हौँ ।
सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनिक्स संचालनमा आएको कोइरालाले बताए ।
भान्सामा प्रयोग हुने ग्यासदेखी हिटर, पानी तताउने वाटर डिस्पेन्सर, वासिङमेसिन, गिजर, इलेक्ट्रिक भाडाकुडा साथै होटल तथा प्रतिष्ठानहरुका लागि आवश्यक बिजीएन किचेन र इलेक्ट्रोनिक्सका सम्पूर्ण सामग्री उपलब्ध हुने कोइरालाले बताए ।
उद्याटनको अवसरमा १० प्रतिशत छुटको समेत सुविधा रहेको कोइरालाले बताए । कम्पनीका प्रबन्ध संचालक कोइरालाकी ममतामयी आमा गौरी कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बिजीएन ग्रुप निर्माणको क्षेत्रमा संलग्न छ । जसअन्तर्गत भक्तगौरी निर्माण प्रालि, बिजीएन टे«ेडर्स (मोटर पार्टस), बिजीएन निर्माण प्रालि संचालनमा छन् । प्रबन्ध संचालक कोइरालाले विभिन्न सामाजिक संघसंथामा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->