बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ


  • संजय रेग्मी
  • फाल्गुन २८ २०८१, बुधबार

पर्वत/फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्न सक्रियताका साथ काम गरिरहेको पर्वत प्रहरीले व्यक्तिको हत्या गरेर ३७ वर्षसम्म फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गत पुसमा पनि २८ वर्षदेखि फरार रहेकाहरू सहित ५४ जना प्रतिवादी पक्राउ गरेको पर्वत प्रहरीले फेरि ३७ वर्षसम्म फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए ।
वि.सं. २०४४ सालको फागुनमा तत्कालीन कुर्घा गाविस २ का रामबहादुर गुरुङ खोल्सामा मृत अवस्थामा भेटिएका थिए । उनलाई फागुन सात गते राति साढे १० बजेको समयमा कुर्घाकै गम्भीर गुरुङ र तेजबहादुर गुरुङसमेतले योजनाबद्ध तवरले रामबहादुरको हत्या गरेको प्रहरीले बताएको छ । रामबहादुरलाई लाठी तथा चक्कु प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार रहेका थिए ।
उक्त घट्नाबारे पर्वत जिल्ला अदालतबाट २०५८ साल असार १३ गते मुद्दाका सम्पूर्ण प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दामा जनही १०÷१० वर्ष कैद सजाय फैसला भएको थियो । साबिकको कुर्घा गाविस ९ तथा हाल महाशिला गाउँपालिका–५ घर भएका ५७ वर्षका गम्भीर गुरुङलाई गत फागुन २५ गते पक्राउ गरिएको हो । उनी रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवाबाट पक्राउ परेको डिएसपी विष्टले बताए । यस्तै सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ पनि गत फागुन २५ गते नै ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको हो ।
घटना भएको ३७ वर्ष पछि फेला पारेर पक्राउ गरिएका उनीहरू दुवै जनालाई पर्वत जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले दुवै जनालाई जिल्ला कारागार पर्वत चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->