सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दमक उवासंघको टोलीलाई लेखनाथमा स्वागत

दमक उवासंघको टोलीलाई लेखनाथमा स्वागत


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

लेखनाथ/बिभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आएका झापाको दमक उद्योग बाणिज्य संघको भ्रमण टोलिलाई शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
दुई संघका विच भातृत्व तथा आत्मियता कायम गर्दै एक आपसमा अनुभव साटासाट गर्ने उद्देश्यले राखिएको छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रममा दुवै संघले गरेका काम र आगामी दिनमा गरिने योजनाका बारेमा सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता जनाईएको थियो ।
कार्यक्रममा बोल्दै दमक उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद गुरागाई (गोपाल) ले भ्रमणको उद्देश्य र संघका कार्ययोजना माथी प्रकाश पार्दै दुई संघ विच मित्रताले आत्मीयता वढाउनेमा जोड दिएका थिए ।
लेखनाथ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष राजेन्द्र ओझाले संघको गतिविधीका बारेमा जानकारी गराउदै आगामी दिनमा दुवै संघसग आवद्ध ब्यवसायिकहरुका विच ब्यवसायिक कार्यगत एकता गर्न सकिने गरि योजना वनाउनु पर्ने धारणा राखेका थिए ।
सोही अवसरमा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले महासंघले अगाडी सारेका मेला र महोत्सवलाई समयानुकुल परिस्कृत गर्दै अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी र बलराम ढकालले दुई संघका विचको सम्वन्धलाई मित्रवत मात्र नभई वन्धुत्वको भावनाले अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए ।
संघका कार्यवहाक अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन भने धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु)ले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->