पोखरा/प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ।
तालिम गएको पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन भएको शिक्षालयका प्रमुख इन्जिनियर बिकल अधिकारीले बताए ।
तालिममा २० जना कृषकको सहभागिता रहेको थियो भने समापनको अवसरमा उनिहरुको लागि २० ओटा मौरीका घार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा बितरण गरिएको शिक्षलयका प्रमुख अधिकारीले उल्लेख गरे ।
समापन कार्यक्रममा बौल्दै अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको बताए ।उनले अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा अन्नपूर्ण गाउँपालिका भित्रका एसइई उत्तिर्ण बिद्यार्थीलाई ३ बर्षे पशुबिज्ञान र ३ बर्षे बालि बिज्ञान पूर्ण रुपमा निशुल्क रहेको बताउदै उक्त खर्च गाउँपालिकाले ब्यहोर्ने जनाउदै गाउँपालिका बाहिरका बिद्यार्थीको लागि ३ बर्षको ५० हजार लाग्ने जनाए ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा ७ का वडा अध्यक्ष भरतमान गुरुङले यस क्षेत्रलाई मौरीपालन पकट क्षेत्र बनाउनु पर्नेमा जोड दिए । उनले तालिम पश्चात त्यसलाई ब्यवसायको रुपमा रुपान्तरण गर्न आग्रह गरे ।
प्रशिक्षक जगन्नाथ पौडेलले मौरी पालनको लागि आवश्यक पर्ने पक्षहरुको जानकारी दिदै मौरीमा लाग्ने रोग, निराकरणका उपायहरु,मौरीका स्वाभाव र प्रकार,मौरीको घार लगाएतका बिषयमा तालिम प्रदान गरिएको बताए ।
कार्यक्रममा वडा ४ का वडा सदश्य पशुपति केसी,प्रशिक्षार्थी लगाएतले मौरी पालन तालिमको महत्वको बारेमा भनाई राखेको थिए ।





