सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

छेन्दु–पोखरा उडान : १२७ आए, पोखराबाट १२६ जना छेन्दु गए

छेन्दु–पोखरा उडान : १२७ आए, पोखराबाट १२६ जना छेन्दु गए


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

पोखरा÷सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको छ । नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७० औँ वर्षको अवसर पारेर यो उडान सुरु गरिएको सिचुवानले जनाएको छ । सिचुवानको चार्टर विमानबाट १२७ जना चिनियाँहरु पोखरा झरेका छन् । सो जहाजबाट पोखराका मेयरसहित १२६ जना मंगलबार नै चीन गएका छन् । टोलीले एक सातासम्म चीनको छेन्दुलगायत विभिन्न सहरमा हुने सेल्स मिसनमा सहभागिता जनाउने छ ।
चिनियाँ भ्रमण दलमा व्यवसायीदेखि कलाकारसम्म रहेका छन् । उनीहरु आइतबार पोखरामा आयोजना हुने चिनियाँ सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाले यो कार्यक्रमको आयोजना गरेका हुन् । अघिल्लो वर्ष पनि पोखरामा यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।
एयरलाइन्सले साताको एक पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछ । पोखराबाट ३ वटा र चीनको तर्फबाट १० वटा फ्लाइट बुक भइसकेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->