सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

व्यासायिक सुन्तला खेती प्रविधि तालिम सुरु

व्यासायिक सुन्तला खेती प्रविधि तालिम सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८१, मंगलबार

बागलुङ/ चारतारे युवा क्लव, सिवाइसी नेपाल र बागलुङ नगरपालिका नगर कृषि शाखाको साझेदारीमा बागलुङ बजारमा दुई दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिमको सुरुवात भएको छ ।

बागलुङ नगरपालिका भित्रका ४० जना सुन्तला कृषकहरुको सहभागितामा सुरुवात भएको कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गरेका थिए । मेयर श्रेष्ठले बागलुङ नगरपालिका भित्रका अधिकांश क्षेत्रहरु सुन्तला खेतीका लागि अत्यन्तै उपयुक्त रहेकाले यसलाई व्यावसायिक रूपमा सञ्चालन गरेर कृषकहरुले राम्रो मुनाफा कमाउन सक्ने बताए ।
उनले सुन्तला खेतीलाई व्यावसायिक दृष्टिकोणले अघि बढाउनका लागि कृषकहरुलाई अझ बढी प्रोत्साहित गर्न नगरपालिका तयार रहेको बताए ।

तालिममा कृषकहरुलाई सुन्तला खेतीको आधुनिक प्रविधि, बिउ चयन, बिरुवा रोपाइ, सिंचाइ व्यवस्थापन, रोग र कीटको नियन्त्रणलगायतका विविध विषयमा सुन्तला जात फलफुल विकास केन्द्र, पाल्पाका कार्यालय प्रमुख जोकेन्द्र कान्दुले प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा बोल्दै चारतारे युवा क्लव, सिवाइसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले आर्थिक विकासका लागि कृषि एक अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले यसलाई आधुनिक र व्यावसायिक दृष्टिकोणले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->