आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गलकोट र ताराखोलाका योजना अनुगमन

गलकोट र ताराखोलाका योजना अनुगमन


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८१, बुधबार

बागलुङ/ जिल्ला समन्वय समिति, बागलुङको आयोजनामा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा संचालित योजनाहरुको अनुगमन सम्पन्न भएको छ । साथै समन्वय समितिले नगर र गाउँपालिकाभित्र भएका अन्य सबै कार्यक्रमको प्रगती समीक्षा समेत गरेको छ ।

यो समीक्षाको क्रममा समन्वय समितिका प्रमुख अमरबहादुर थापाले पालिकाहरुमा तथ्यांकको उचित संकलन र व्यवस्थापनमा ध्यान दिनुपर्ने, पालिकाको दिर्घकालिन योजना र तत्कालिक योजना बारे जनप्रतिनिधि र कर्मचारीहरु प्रष्ट हुनुपर्ने तथा बेरुजु कम गर्न पहल गर्नुपर्ने समेत सुझाव दिए ।

साथै उनले स्थानीय तह बनेको ८ बर्षमा ग्रामीण क्षेत्र सम्म सडक पूर्वाधार बनेको, सामाजिक बिकासको क्षेत्रमा पनि धेरै प्रगती भएको, शिक्षा र स्वास्थ्यको पहुँच नागरिकको घरदैलो सम्म पुगेको बताए । ‘बिकास नभएको होइन, तर जनताले बिदेशको जस्तो छिटो र सिस्टम खोजेका छन्’ थापाले भने, ‘केही बर्षमा नेपालीका योजनाहरु सिस्टममा जानेछन् ।’ अहिले भने भौतिक पूर्वाधाराको काम भैरहेकोले अन्य बिकासमा ढीला भएको बताए । तर त्यसो भन्दैमा जनताको चाहना अनुसार काम पनि गर्नुपर्ने बाध्यता रहेको भन्दै पालिकाहरुले नागरिकको जीवन निर्वाह, आयआर्जन र रोजगार वृद्दिको क्षेत्रमा पनि काम गर्नुपर्ने सुझाव दिए ।

गलकोट नगरपालिकामा भएको कार्यक्रममा नगर उपप्रमुख फमलाल निउरेले कामलाई प्राथमिकता दिएपनि सिमित श्रोत र साधनले सोचेअनुसार बिकास पुरा नभएको बताए । तर पनि शिक्षा, स्वास्थ्यको क्षेत्रमा लगानी बढाएको, पर्यटन प्रवद्र्धन र सामाजिक बिकासमा पनि उत्तिकै महत्व दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले पनि बेरुजु क मगर्ने काम थालेको जानकारी दिए ।
ताराखोलाका अध्यक्ष धनबहादुर बिकले अति बिकट क्षेत्रमा काम गर्न ढीला भएको भन्दै उत्पादनलाई बजार पठाउने ताराखोलाको लक्ष्य पुरा गर्न पहल गरेको बताए । उनले ताराखोलाको उत्पादन ढु्रंगा भएर पनि निर्यात वा बजार पठाउने काममा संघिय कानूनी झन्झट समेत व्यहोर्नु परेको बताए । तरपनि चालुबर्ष कृषि जन्य उत्पादनलाई बजार पठाएर पनि राजश्व संकलन गर्न थालेको उनले जानकारी दिए ।
कार्यक्रममा पालिकाहरुले गर्नुपर्ने काम र राख्नुपर्ने सूचक तथा संघिय सरकार, प्रदेश सरकार समेतबाट आएक सूचना, निर्देशन समेत पालना गरेर मानवअधिकार, महिला अधिकार, बाल मैत्री शासन लगायतका अभियान पनि सँगै लैजानुपर्ने भूमीका बारे समन्वय प्रमुख कृष्णराज गौतमले जानकारी गराए ।

समन्वयको उक्त टोलीले गलकोट नगरपालिका वडा नंं ३ को कोट मैदान, वडा नं. १ र २ जोड्ने सडक, वडा नंं ६ को भुजुंगे सडक, वडा नंं ५ को सुन्तला खेती बिस्तार र नगर सडक समेत अनुगमन गरेको थियो । ताराखोलामा पनि सडक, कृषि, पुल र सीप बिकास लगायतका कार्यक्रमको अनुगमन गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->