आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल

भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

पोखरा/  गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखे ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले जवाफ दिए । त्यसक्रममा उनले विधेयकले प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने कार्यलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाई नागरिक जीवन सुरक्षित बनाउन, मौलिक पहिचान झल्किने, भवन निर्माणको मापदण्ड र बर्गीकरण गर्ने कार्यको नियमन गर्न, परम्परागत बस्तीको पहिचान र अभिलेखीकरण, बर्गीकरण, बस्ती/एकीकृत बस्तीको निर्माण, जोखिममा रहेको बस्ती स्थान्तरण गर्न र बस्ती विकास कोषको व्यवस्था यो विधेयकमा रहेको उल्लेख गरे ।

विधेयकले सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत साम्भार सम्बन्धमा व्यवस्था गरिनुका साथै जग्गा विकास वा भवन एकिकरण सम्बन्धमा समेत व्यवस्था गरिएको विषयलाई समेटेको मन्त्री केसीले बताए ।  विधेयकले प्रदेशभित्र भवन निर्माण, जग्गा विकास वा भवन एकीकरण, सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत सम्भार, परम्परागत बस्तीको पहिचान, संरक्षण, भवन संहिताको व्यवस्था, जोखिममा रहेको बस्तीको स्थानान्तरण कार्यहरुमा कानुनी व्यवस्था भई सो अनुसारको कार्य सम्पादन गर्न सहजता हुने मन्त्री केसीको भनाइ छ।

उक्त विधेयकलाई सरकारले विज्ञ टोली, प्राविधक लगाएतको सल्लाह सुझावमा तयार गरेर सदनमा प्रस्तुत गरेको मन्त्री केसीले बताए ।
विधेयक सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने छ, जसका क्रममा आवश्यक संशोधनहरू हुन सक्ने बताइएको छ । छलफलका क्रममा माननीयज्युहरूले राखेका धारणा प्रति सरकार सकरात्मक रहेको र सबै सदस्यहरुको सक्रिय सहभागिताले नै विधेयकलाई अझ उत्कृष्ट, जनमुखी र विकासोन्मुख वनाउन सहयोग मिल्ने मन्त्री केसीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->