बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कनमाट हेवी इन्डस्ट्रिजको अपरेटर मिट

कनमाट हेवी इन्डस्ट्रिजको अपरेटर मिट


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८१, शुक्रबार

पोखरा/कनमाट हेवी इन्डस्ट्रिज प्राइभेट लिमिटेडको पहिलो अपरेटर मिट पोखरामा सम्पन्न भएको छ । भेलामा ३० भन्दा बढी अपरेटरहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा कनमाटका वरिष्ठ अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक चन्द्रकान्त प्रजापतिले कनमाटका कंक्रिट उपकरणहरूको उत्पादन श्रृंखलाको बारेमा जानकारी गराएका थिए । कनमाट, पूर्वमा केवाइबी कनमाटका रूपमा परिचित अग्रणी कंक्रिट उपकरण निर्माता कम्पनी हो ।

यसले कंक्रिट ब्याचिङ प्लान्ट, ट्रान्जिट मिक्सर, कंक्रिट पम्प, सेल्फ लोडिङ मिक्सर, कंक्रिट रोड पेभर, र नहर पेभिङ मेशिन उत्पादन गर्दछ ।एइएमपीएल का व्यावसायिक प्रमुख, समीर प्रधानका अनुसार कनमाट उत्पादनहरू सुरक्षित र भरपर्दा रहेका छन् । एइएमपीएलका साझेदार,बालकृष्ण कोइरालाले भेलामा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->