आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारवाही हुन्छ– मन्त्री गुरुङ

आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारवाही हुन्छ– मन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८१, शनिबार

पोखरा/ संचार तथा सुचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले चैत १५ मा राजतन्त्र समर्थकले गरेको आगजनी, तोडफोड, लुटपाटमा संलग्न र परिस्थिति निर्माणमा भूमिका निर्वाह गर्नेमाथि छानबिन र कारवाही हुने बताएका छन् । सरकारले देखाएको उदारतालाई राजावादीलहरुले कमजोरी ठानेको भन्दै उनले संचार माध्ययम, व्यक्तिगत र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणलाई सरकारले गम्भीर ढंगले लिएको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको बाह्रौ साधारण सभाको शनिवार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले लोकतन्त्रले बोल्न, हिँड्न दिएको अधिकारलाई कमजोरी ठान्ने काम भएको जनाए । पूर्वराजा ज्ञानेन्द्र अहिले सामान्य मानिस रहेको उनको भनाई थियो । पूर्वराजालाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका े तर, यो उदारतालाई उनीहरूले कमजोरी ठानेको भन्दै उनले अहिले गणतन्त्रबादीको सत्ता रहेकाले संविधानका खिलापमा लाग्ने र व्यवस्था पल्टाउँछु भन्ने मान्छेलाई संविधानले रोक्न सक्ने जिकिर गरे ।

‘यो घटनामा जसले लुटपाट मच्यायो, जसले पुलिसको हतियार खोस्ने प्रयत्न गर्‍यो । जसले हिंसा मच्यायो । जसले आगजनी गर्‍यो । जसले मान्छे मार्ने परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ती सबै व्यक्तिमाथि छानबिन हुन्छ,’ उनले भने । छानबिनपछि कानुनअनुसार कारबाही गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिइसकेको मन्त्री गुरुङले सुनाए ।

राजावादीको हर्कतले उनीहरूको असली अनुहार देखिएको मन्त्री गुरुङले टिप्पणी गरे । लोकतन्त्रमा छनोटको विकल्प रहेकाले वर्तमान व्यवस्था नै ठिक रहेको मन्त्री गुरुङको भनाइ थियो । ‘०८४ मा चुनाव हुँदै छ । गणतन्त्रमा केपी ओली, देउवा मन परेन, माधव नेपाल वा प्रचण्ड मन परेन भने हटाउन सक्नुहुन्छ । आफ्नो नेता छान्न पाउँछौं,’ उनले भने, ‘लोकतन्त्रमा जहिले पनि रोजाइको विकल्प हुन्छ । तर, राजतन्त्रमा कहिले पनि विकल्प हुँदैन ।’  ०४७ को संविधानमा राजतन्त्रलाई ठाउँ दिए पनि राजतन्त्र आफ्नै कमजोरीले सकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->