बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको १९ औं अधिवेसनका लागि शनिबार भएको मतदानमा १ हजार १ सय ८७ मत खसेको छ । अपरान्ह ४ बजेसम्म भनिएपनि मतदानको लाइनमा बसेकाहरुले मतदान गरिसक्दा साँझ ५ बजेको थियो ।
अधिवेसनमा दुइ प्यानलबीच कडा प्रतिस्पर्धा भएको स्थानीयले अनुमान गरेका छन् । व्यवसायिक हक हितकालागि निर्वाचनमा दुइ पक्ष होमिएका थिए । अध्यक्ष पदका लागि उमाकान्त शर्मा ‘बाबु’ र राजन शाक्यको टिम होमिएको हो । दुवै जना बागलुङ उद्योग वाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष भैसकेका हुन् । उद्योग वाणिज्य संघ व्यवसायीको छाता संगठन हो । संघलाई निजी क्षेत्रको अग्रणी संस्था पनि भनिन्छ । बागलुङ उद्योग वाणिज्य संघ २०२० सालमा स्थापना भएको थियो ।
शर्मा र शाक्य दुवै प्यानलमा राजनीतिक रंग देखिने खालका उमेदवार छन् । शाक्यको प्यानलमा कांग्रेसका केही सदस्य छन् भने माओवादी निटक, राष्ट्रिय जनामोर्चा निकट व्यवसायी छन् । साथै नयाँ शक्ती र समाजवादीका पनि छन् । शर्माको प्यानलमा कांग्रेस र एमोले निकट व्यवसायी बढी छन् । दुवै पक्षको सहमतिपछि बेलुकीबाट मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।





