सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन : खुल्ला सदस्यमा विजयी हुने को–को ? (मत विवरणसहित)

बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन : खुल्ला सदस्यमा विजयी हुने को–को ? (मत विवरणसहित)


  • तारा प्रसाद शर्मा
  • चैत्र १७ २०८१, आइतबार

बागलुङ/उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान अन्तरगत खुल्ला सदस्यको मतगणना सकिएको छ ।
१३ खुल्ला सदस्यका लागि मतदानपछिको मतगणना सकिएको हो । कुल १ हजार १ सय ८७ मत खसेको मतगणनाको अन्तिम परिणाम अनुसार राजनकुमार शाक्य नेतृत्वको प्यानलबाट सवैभन्दा बढि ८ सय २२ मत प्राप्त गरि खुल्ला सदस्यमा ऋषीराम गौतम बिजयी भएका छन् ।

शाक्यको प्यानलबाट खुल्ला सदस्यमा अर्जुनप्रसाद कँडेलले ६ सय ६३, अकिलबहादुर क्षेत्री ध्रुवले ६ सय ३५, नविनकुमार श्रेष्ठले ६ सय ३०, इन्द्रमणी पौडेल अर्जुनले ६ सय ८, चन्द्रराज रेग्मीले ५ सय ७९, मनिष राजभण्डारीले ५ सय ४९ मत प्राप्त गरि विजयी भएका छन् ।

यसैगरी उमाकान्त शर्मा बावुको प्यानलबाट खुल्ला सदस्यमा दिपक हमालले ६ सय ९, सुदिपसागर कँडेलले ६ सय २, श्रीजय श्रेष्ठले ५ सय ५४, उमेश केसी र राजु गौतमले समान ५ सय ३ मत लिएर बिजयी भएका छन् । अध्यक्ष, महिला सदस्य र उद्योग सदस्यका लागि मतगणना शुरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->