सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाउबासंघको खुल्ला सदस्यमा ऋषिलाई सर्वाधिक मत

बाउबासंघको खुल्ला सदस्यमा ऋषिलाई सर्वाधिक मत


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

बागलुङ/ बागलुङ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आउनेक्रम सुरु भएको छ । शनिबार संघको १९ औं अधिबेशन अन्तर्गत भएको मतदानमा खुल्ला सदस्यको मत परिणाम सार्वजनिक भएको हो ।

आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला सदस्यमा सबैभन्दा धेरै मत निवर्तमान महासचिव ऋषिराम गौतमले पाएका छन् । जम्मा खसेको मत १ हजार १ सय ७६ मध्ये गौतमले ८ सय २२ मत पाएका हुन् । राजन कुमार शाक्य नेतृत्वको प्यानलबाट चुनावमा होमिएका गौतमले लोकप्रिय मत पाएका हुन् । दोस्रो धेरै मत दिपक हमालले पाए । उनले ६ सय ९८ मत पाए । हमाल उमाकान्त शर्माको प्यानलका उमेद्वार हुन् । १३ जना खुल्ला सदस्यका लागि चुनावमा ७ जना राजनकुमार शाक्यको प्यानलबाट र ६ जना उमाकान्त शर्माको प्यानलबाट बिजयी भएका छन् । शाक्यको प्यानलबाट बिजयी हुनेमा ऋषिराम गौतम, अर्जुन प्रसाद कँडेल, चन्द्र रेग्मी, मनिस राजभण्डारी, इन्द्रमणी पौडेल, नविन कुमार श्रेष्ठ र अकिल बहादुर क्षेत्री बिजयी भए । त्यस्तै उमाकान्त शर्माको प्यानलबाट दिपक हमाल, बद्रि ढुंगाना, राजु गौतम, सुदिप सागर कँडेल, श्रीजय श्रेष्ठ र उमेश केसी बिजयी भए ।

यो समाचार तयार पार्दासम्म महिला र उद्योग सदस्यको मत गणना भैरहेको छ । दुवै तर्फ उमाकान्त शर्मा प्यानलका उमेद्वारको मतान्तरमा अघि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->