आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न भौतिक मन्त्रीको निर्देशन

मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न भौतिक मन्त्रीको निर्देशन


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगती समिक्षा कार्यक्रममा मन्त्रीले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउन पहल गर्न निर्देशन दिएका हुन् ।

चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षिय नियमित योजनाहरु संचालन गर्न बहानाबाजी, ढिलासुस्ती गरि निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउने तर्फ पहल गर्न निर्देशन दिन्छु,’ उनले भने । मन्त्रालयबाट गरिएको परिपत्र अनुसार काम अगाडी नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कारवाहीका प्रक्रिया अघि बढाउन पनि उनले निर्देशन दिए ।

चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्न मन्त्रीले ताकेता गरे । कुनै योजनाको ठेक्का प्रक्रिया बाकीँ भए चैत्र मसान्तभित्र ठेक्का सम्झौता गर्न उनको निर्देशन छ । मन्त्री केसीले भने, ‘हाल मन्त्रालयको भौतिक ४५% र वित्तिय ३१.१५% प्रगति भएको हुदाँ कर्मचारी साथीहरुलाई सक्रिय बनाई वार्षिक गोष्ठिमा आउदा कम्तिमा ८० % प्रगति हासिल हुने गरि कार्य गर्नुहुन निर्देशन गर्दछु ।’
उनले चालु आवभन्दा अगाडीका एवं क्रमागत बहुबर्षीय योजनाहरुमा रकम विनियोजन न्यून भएको बताए । रकमान्तर भएका योजनाहरुमा तुरुन्त काम अगाडी बढाउन केसीले निर्देशन दिए । समस्याग्रस्त योजनाको सन्दर्भमा निर्माण व्यवसायीसंग छलफल गरि कार्य अगाडी वढाउने वा ठेक्का तोड्न सिफारिस गर्ने गरि कार्य व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->