शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चीनको ल्हासा–पोखरा नियमित उडान सुरु, १०७ यात्रु बोकेर आयो हिमालय एयरलाइन्सको जहाज

चीनको ल्हासा–पोखरा नियमित उडान सुरु, १०७ यात्रु बोकेर आयो हिमालय एयरलाइन्सको जहाज


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/ हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरामा नियमित व्यवसायिक उडानस्वरुप सोमबारबाट पहिलो उडान सुरु गरेको छ । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यात्रुमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक रहेका थिए ।

पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा यसअघि चार्टर उडान हुने गरेको भए पनि विमानस्थल बनेपछि पहिलोपल्ट हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान थालेको हो । उक्त जहाज सोमबार पोखरा बसेर मंगलबार बिहान पुनः ल्हासाका लागि उड्नेछ ।

पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको हिमालयले जनाएको छ । ल्हासाबाट आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए । विमानस्थल संचालनमा आएको यो अवधिमा अहिलेसम्म १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। तर, सेड्यूअल फ्लाइट भने हिमालय एयरलाइन्सले पहिलो पटक गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->